बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ।
पार्टीका प्रवक्ता एवम प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार शनिबार बसेको राप्रपाको निर्देशन समितिको बैठकले विश्वासको मत नदिने निर्णय गरेको हो।
‘राप्रपाले वर्तमान संविधानले काम गर्दैन भनिरहेको परिस्थितिमा संविधान संशोधनको एजेन्डासहित मूलतः नेपाली कांग्रेस र नेकपा (एमाले)ले निर्माण गरेको नयाँ सरकारलाई प्रारम्भिक रूपमा सकारात्मक हिसाबले लिएको भएपनि तत्पश्चात्का सम्पूर्ण गतिविधिहरूको विश्लेषण गर्दा, राप्रपाले आइतबार संसदमा प्रधानमन्त्रीले माग्नुभएको विश्वासको मतको विपक्षमा मतदान गर्नु उपयुक्त हुने ठहर गरेको छ,’ पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बैठकमा आइतबार विश्वासको मत लिने तयारी गरेका छन्। ३० दिनसम्ममा विश्वासको मत लिन पाउने व्यवस्था भएपनि प्रधानमन्त्रीले आइतबारकै संसद् बैठकमा विश्वासको मत लिन लागेका हुन्।
ओली आइतबार संविधानको धारा ७६(२) बमोजिम चौथो पटक प्रधानमन्त्री भएका हुन्।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया