बिएल संवाददाता
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई सबै तवरबाट साथ दिएपनि विगतमा गरेका गलत मुद्दाहरुलाई साथ दिन नसकिने टिप्पणी गरेका छन्।
शनिबार प्रज्ञा प्रतिष्ठानमा ‘बाबुराम एक दुरदर्शी विद्रोही’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै महामन्त्री शर्माले ओली नेतृत्वको सरकारलाई गल्ती गर्न दिने छुट कांग्रेससले नदिने बताए।
‘एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई सफल बनाउन कांग्रेसले सबैतिरबाट साथ दिन्छ। तर उत्तिकै खरो रुपमा प्रस्तुत पनि हुनेछौं। विश्वासको मत दिएका छौं तर उहाँले विगतमा गरेका गलत मुद्दाहरुलाई थान्को लगाउने काम हुँदैन। उहाँको नेतृत्वको सरकारले गर्ने कमजोरीमा मौन बस्न पनि मिल्दैन। दुई दल मिलेर सरकार बनाउन त मिल्छ तर संविधान संशोधन गर्नका लागि माओवादी, रास्वपा र मधेशवादी दलहरुसँग समन्वय गर्न सक्नुपर्दछ’, विश्वप्रकाशले भने।
नयाँ सरकार बनेको बेला कतै प्रतिपक्ष कमजोर हुन्छ कि भनेर आमबाैद्धिक क्षेत्रमा चिन्ता रहेको उल्लेख गर्दै भर्खरै बाहिरिएका पार्टीहरुले खरो रुपमा प्रस्तुत हुने विश्वास लिएको बताए। ‘नयाँ सरकार बनेको बेलामा कतै प्रतिपक्ष कमजोर हुन्छ कि भनेर आमबाैद्धिक क्षेत्रमा चिन्ता छ। तर, प्रतिपक्षमा रहेको माओवादी खरो ढंगले नै प्रतिपक्ष बनेर उत्रिन्छ। राष्ट्रिय स्वतन्त्र पार्टी पनि खरो रुपमा प्रस्तुत हुनुपर्दछ,’ उनको भनाइ छ।
अब अमेरिका पस्न तीन सहरबाट मात्र सकिने !
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया