बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारमा गएपछि ‘सरकार कसरी चल्छ’ भन्ने बुझेकाे बताएका छन्। पार्टीको नीति मन्थन कार्यक्रममा बोल्दै उनले सिंहदरबार कसरी चल्छ भनेर हेर्न मात्र गएको बताएका हुन्।
उनले भने, ‘भागबण्डा लिएर सरकारमा जानु भएको थियो नि भन्ने प्रश्न उठेको छ। यसमा एउटा कुरा स्पष्ट गर्न चाहन्छु, यदी हाम्रो पार्टीले राजनीतिक भागबण्डामा आफ्नो भाग खोज्थ्यो भने मन्त्रिपरिषदको बैठकमा खल्तीबाट दुईचार जनाको नाम दिइहाल्थ्यौं। तर, भागबण्डा नखाने भए सरकारमा किन गएको भनेर अर्कोतिर प्रश्न गर्छन। दलहरूसँग मिलेर जाँदा गाली खाने काम बाहेक केही नहुँदो रहेछ। केही गर्नु थियो, सिक्नु थियो, सिंहदरबार कसरी चलाउने भन्ने कुरा जान्नको लागि हामी भागबण्डामा गएका हौं।’
साथै उनले वर्षा काम गरेको भनेर आफ्नै पार्टीका साथीहरुले योगदानको मूल्य माग्न थालेको आरोप लगाए।
उनले भने, ‘राजनीतिक दलहरूले ठुलो भारी बोक्नु परेको छ, लाखौं कार्यकर्ताको भारी बोक्नु परेको छ। भातृ संगठनहरूको भारी बोक्नु परेको छ। मेरै साथीहरूले योगदानको मूल्य मागिरहेका छन्। पार्टी खोलेको दुई वर्ष भएको छैन मेरो योगदान छ भन्नु हुन्छ अरू पार्टीको त के कुरा गर्नु।’
उनले यसरी पार्टीमा योगदान दिनेहरूलाई राज्यको सम्पत्तिबाट पाल्नु परेको जिकिर गरे। उनले राज्यको स्रोतबाट आफ्ना मानिसहरू पालिने यो सिलसिला नियुक्ति हुनेसम्म पुगेको बताए।
भिडियाे:
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया