बिएल संवाददाता
नेपाली काँग्रेस र नेकपा एमालेबीच मन्त्रालयको भागबण्डा टुंगिएकाे छ।
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका लागि आइतबार मन्त्रालयको भागबण्डा टुंग्याइएकाे हाे।
अनुसार नेपाली काँग्रेसले गृह मन्त्रालय, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास, स्वास्थ्य, पर्यटन तथा नागरिक उड्डयन, कानुन, न्याय तथा संसदीय व्यवस्था, कृषि र वन मन्त्रालय पाउने भएको छ।
त्यस्तै नेकपा एमालेले अर्थ मन्त्रालय, रक्षा, भौतिक पूर्वाधार, संघीय मामिला तथा सामान्य प्रशासन, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउने भएको छ । बाँकी पाँच मन्त्रालय अन्य साना दललाई राखिएको छ ।
कांग्रेस र एमालेबीच मन्त्रालयको भागबन्डा टुंगिएपनि कुन मन्त्रालयमा कसलाई पठाउने भन्नेबारे अझै निर्णय भएको छ। अहिलेसम्म कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओली मन्त्री छान्न अन्तिम परामर्शमा रहेको र मन्त्री बन्नेको सूची सोमबार बिहान मात्र टुंगो लाग्ने बताइएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार संविधानको धारा ७६ (२) बमोजिम ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया