बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले आफूले जेलको उद्घाटन गरेको र कुनै दिन सबै मिलेर आफूलाई त्यहीँ जेलमा हाल्न सक्ने शंका ब्यक्त गरेका छन्।
शुक्रबार संसदमा प्रधानमन्त्रीले मागेको विश्वासको मतमाथि छलफलमा सहभागी हुँदै उनले भने– ‘कुनै दिन राम्रो काम गर्न सकिएछ र साथ मिलेछ भने भ्रष्टहरूलाई जेल हाल्छु। सकिनछु भने तिनीहरूले मलाई जेलमा हाल्नेछन्।’
तीन महिने गृहमन्त्रीको कार्यकालमा उद्घाटनमा आफूले समय नदिएको भन्दै उनले नेपालगन्जमा एउटा जेल भने उद्घाटन गरेको बताए। ‘३ महिने कार्यकालमा उद्घाटनमा समय दिएन। आवश्यक ठानिन तर मैले एउटा उद्घाटन गरें। त्यो हो नेपालगन्जको एउटा जेल। त्यहाँ मेरो नाममा शिलालेख लेखिएको छ।’
जेलको उद्घाटनको सन्दर्भ जोड्दै लामिछानेले आफूलाई कुनै दिन भ्रष्टहरूले मिलेर जेल हाल्ने शंका ब्यक्त गरेका हुन्।
यस्तै उनले अगाडि भने– ‘अब त मलाई ठग प्रमाणित गर्न तपाईंलाई कुनै कठिन पर्दैन होला। कोही न त कोही जेल जानु नै पर्छ। सुरु म बाट गर्नुस्। तर सत्यबाट बिमुख हुने छैन।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया