बिएल संवाददाता
प्रधानमन्त्री पुष्पकमल दाहालले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जान खुल्ला आह्वान गरेका छन्। संसदमा विश्वासको मत माग्दै सम्बोधन गरेका प्रधानमन्त्री प्रचण्डले भने ‘संविधान संशोधन गर्ने नै हो भने आउनुस् खुल्ला छलफल गरौं। प्रत्यक्ष निर्वाचित कार्यकारीमा जाऔं।’
उनले संविधान संशोधनको नाममा दुई ठूला दलहरू मिलेर २०४७ सालतिरै फर्किन थालेको आरोप पनि लगाए। उनले नयाँ सहमतिको नाममा संविधान संशोधनजस्तो जटिल कुरामा खेलवाड गर्न खोजिएको पनि बताए।
‘कतै स्थायित्वको नारा दिनुभएको छ। कतै संविधान संशोधन भन्नुभएको छ। गर्न खोजेको के हो र कसो हो भनेर हस्ताक्षर गरेको सहमति बाहिर ल्याउनै भएको छैन’ उनले भनेका छन् ‘राष्ट्रियसभामा सबैभन्दा ठूलो दल नेकपा माओवादी हो त्यसलाई किनारा लगाएर संविधान संशोधन हुन्छ? अस्थिरताको कारण देखाएर समानुपातिक प्रतिनिधित्व समाप्त गरेर साना दलहरूको अस्तित्व मेटाउँदै हुनुहुन्छ।’
उनले केही पश्चिमाहरूको नक्कल गरेर दुई दलीय व्यवस्था कायम गर्न खोजेको पनि आरोप लगाएका छन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया