बिएल संवाददाता
जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएकाे छ।
जसपाको बिहीबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डले संसदमा राख्ने विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो।
‘जनता समाजवादी पार्टीको संसदीय दलको बैठक मिति २०८१/०३/२७ गते दलको कार्यालय सिहँदरबारमा बसी नेपाल सरकारको तर्फबाट सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) बाट मिति २०८१/०३/२८ गते शुक्रबारको दिन नेपालको सँविधानको धारा १०० को उपधारा (२) बमोजिम आफू माथि प्रतिनिधिसभाको विश्वास छ भन्ने प्रस्तुत प्रस्ताबको विपक्षमा मतदान गर्न निर्णय गरिएको व्यहोरा अनुरोध छ’, जसपाले भनेकाे छ।
नेकपा एमालेलगायतका दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विश्वासको मत लिँदैछन्।

निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया