बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा.मुकुल ढकालले पार्टीका सभापति रवि लामिछाने अहिले पनि नयाँ गठबन्धन सरकारमा जानका लागि ढुकेर बसेको आरोप लगाएका छन्।
‘अहिले पनि नयाँ गठबन्धनको सरकारमा जान पाइहालिन्छ कि भनेर ढुकेर बसेका मान्छेहरू पार्टीमा छन्’, पार्टीको कारबाहीपछि बुधबार पत्रकार सम्मेलन गर्दै उनले भने ‘प्रचण्ड, ओली र देउवाको शैली मन पर्ने मान्छेलाई मेरो शैली नराम्रो लाग्नसक्छ। अहिले भएको यत्ति हो।’
उनले पार्टीभित्र सभापति रवि लामिछानेको शैली निरंकुश हुँदै गएको भन्दै आफूले केन्द्रीय समितिको बैठक लाइभ गर्ने प्रस्ताव गरेको बताए।
‘तर लाइभ गरिएन। मैले उहाँहरूको असलियत देखाउनका लागि यस्तो माग गरेको थिएँ’ उनले भने ‘कालो टेप लगाउनु त्यो गल्ती थियो कि थिएन, थियो भने आत्मालोचना गर्न तयार छु। तर मैले सोचेको थिएँ बैठकभन्दा अघि मसँग कम्तीमा केही समय वार्ता गर्नहुन्छ कि भनेर तर त्यसो भएन र मैले मुखमा कालो टेप लगाएर बसेF।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया