बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा.मुकुल ढकालले पार्टीका सभापति रवि लामिछाने अहिले पनि नयाँ गठबन्धन सरकारमा जानका लागि ढुकेर बसेको आरोप लगाएका छन्।
‘अहिले पनि नयाँ गठबन्धनको सरकारमा जान पाइहालिन्छ कि भनेर ढुकेर बसेका मान्छेहरू पार्टीमा छन्’, पार्टीको कारबाहीपछि बुधबार पत्रकार सम्मेलन गर्दै उनले भने ‘प्रचण्ड, ओली र देउवाको शैली मन पर्ने मान्छेलाई मेरो शैली नराम्रो लाग्नसक्छ। अहिले भएको यत्ति हो।’
उनले पार्टीभित्र सभापति रवि लामिछानेको शैली निरंकुश हुँदै गएको भन्दै आफूले केन्द्रीय समितिको बैठक लाइभ गर्ने प्रस्ताव गरेको बताए।
‘तर लाइभ गरिएन। मैले उहाँहरूको असलियत देखाउनका लागि यस्तो माग गरेको थिएँ’ उनले भने ‘कालो टेप लगाउनु त्यो गल्ती थियो कि थिएन, थियो भने आत्मालोचना गर्न तयार छु। तर मैले सोचेको थिएँ बैठकभन्दा अघि मसँग कम्तीमा केही समय वार्ता गर्नहुन्छ कि भनेर तर त्यसो भएन र मैले मुखमा कालो टेप लगाएर बसेF।’
अब अमेरिका पस्न तीन सहरबाट मात्र सकिने !
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया