बिएल संवाददाता
नेकपा एमालेले संविधानको धारा ७६ को २ अनुसार नै सरकार गठन हुने दाबी गरेकाे छ।
बुधबार एमाले सचिवालय बैठकले गरेको निर्णय सुनाउने क्रममा एमाले नेता प्रदीप ज्ञवालीले यस्ताे बताएका हुन्।
‘योभन्दा अगाडि नै पटक पटक संसदीय अभ्यासमा प्रयोग भइसकेको छ। २०७८ साल वैशाखमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा विश्वासको मत माग्नुभयो। नेकपा एमालेकै कतिपय सांसदहरूको समेत अनुपस्थितिका कारण त्योबेला विश्वासको मतमा बहुमत पुगेन। उहाँले राजीनामा गर्नुभयो’, उनले भने, ‘७६ (२) अनुसार बनेकाे प्रधानमन्त्री, अझ पछि त नेकपा गठन भइसकेपछि त्याे ७६ (१) अनुसार भएकाे मानिएकाे थियाे। उहाँले राजीनामा गरिसकेपछि तत्कालीन राष्ट्रपतिले फेरि ७६ (२) अनुसारकै सरकार बनाउनका निम्ति दलहरूलाई आह्वान गर्नुभएको थियो। तर दिइएकाे समयभित्र कसैकाे पनि माग दाबी नभएकाे कारणले उहाँलाई ७६ (३) अनुसार प्रधानमन्त्री नियुक्त गरिएकाे थियाे।’
एउटै धाराबाट पनि पटक पटक सरकार बन्न सक्ने भन्दै उनले यसमा कुनै पनि संवैधानिक जटिलता नभएकाे बताए।
‘संघीय सरकारमा पनि याे नजिर छ। कोशी प्रदेश सरकारको हकमा अस्ति भर्खरै सर्वोच्च अदालतले एउटै धाराबाट पनि पटक पटक सरकार बन्न सक्छन् भन्ने कुरा प्रष्ट पारिसकेको छ’, नेता ज्ञवालीले भने, ‘कुनै पनि संवैधानिक जटिलता यसमा छैन। ख्याल गर्नुपर्ने कुरा के हो भने सुरूमा निर्वाचन भइसकेपछि ती धाराहरू क्रमशः प्रयोग हुँदै जान्छन्।’
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया