बिएल संवाददाता
नेपाली कांग्रेसले मधेश प्रदेश सरकारमा पठाउन ४ जनाको नाम टुंगो लगाएको छ।
आइतबार बसेको कांग्रेस मधेश संसदीय दलको बैठकले प्रदेश सरकारमा पठाउन ४ जनाको नाम टुंगो लगाएको हो।
कांग्रेसले जनार्दन सिंह क्षेत्रीको नेतृत्वमा सुनिल यादव, शेषनारायण यादव र कौशल किशोर रायलाई सरकारमा पठाउने निर्णय गरेकाे हाे।
मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले शनिबार प्रदेशसभाबाट विश्वासको मत लिएका थिए। विश्वासको मत लिनुभन्दा पहिला नै मुख्यमन्त्री सिंहले नेकपा माओवादी, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टीसहित चार दललाई सरकारबाट हटाएर ६ जना मन्त्री बर्खास्त गरेका थिए।
माओवादीलगायतका पार्टीलाई हटाएका मुख्यमन्त्रीले कांग्रेसलाई भित्र्याउन लागेकाे हाे। मुख्यमन्त्री सिंह नेतृत्वकाे सरकारमा नेपाली कांग्रेस, नेकपा एमाले, जनमत पार्टीलगायतका छन्।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया