बिएल संवाददाता
नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ काे राजीनामा माग गरेकाे छ।
प्रतिनिधिसभा बैठककाे शून्य समयमा बाेल्दै एमाले सांसद महेश बर्तौलाले बुहमत गुमाएकाे सरकार पदमा रहिरहन साेभनीय नहुने भन्दै प्रधानमन्त्री राजीनामा माग गरेका हुन्।
‘वर्तमान सरकारले सामान्य मत मात्र हाेइन, बहुमत गुमाएकाे छ। बुहमत गुमाएकाे सरकार पदमा रहिरहने कुरा साेभनीय हुँदैन, त्याे अनुचित हुन्छ’, उनले भने।
एमालेका प्रमुख सचेतकसमेत रहेका बर्तौलाले प्रधानमन्त्रीलाई नेपाली काँग्रेस र एमालेबीचकाे नयाँ राष्ट्रिय सरकार निर्माणकाे अभियानलाई सहयाेग गर्न आग्रह गरे।
उनले भने, ‘नेपाली काँग्रेस र नेकपा एमालेका बीचमा नयाँ राष्ट्रिय सरकार निर्माण गर्ने सहमति भएकाे छ। नयाँ राष्ट्रिय सरकार निर्माणकाे याे एउटा अभियानलाई सहयाेग गर्न, मार्ग प्रशस्तका लागि म सम्माननीय प्रधानमन्त्रीज्यूलाई हार्दिक आग्रह गर्न चाहन्छु।’
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया