बिएल संवाददाता
नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तत्काल राजीनामा दिन आग्रह गरेको छ।
आइतबार बिहान संसद भवनस्थित ल्होत्से हलमा बसेको एमाले संसदीय दलको बैठकले प्रधानमन्त्री राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेकाे प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।
‘पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परिसकेकाेले तत्काल राजीनामा दिनुपर्छ’, उनले भने।
अल्पमतमा परेको प्रचण्ड नेतृत्वको सरकारले निर्णयहरू गरिरहेको भन्दै दीर्घकालीन असर पर्ने निर्णय नगर्नसमेत आग्रह गरेको प्रमुख सचेतक बर्तौलाले बताए।
प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिन पत्र पठाएको प्रसंग उल्लेख गर्दै उनले राजीनामा नदिएर विश्वासको मत लिएमा आफूहरुले विपक्षमा मतदान गर्ने निर्णय गरेको बताए।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया