
बिएल संवाददाता
नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी संघीय संसद सचिवालयलाई गराएको छ।
पार्टी संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले संघीय संसद महासचिवलाई पत्र लेख्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्व सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएको सभामुख देवराज घिमिरेको सचिवालयले जानकारी दिएको छ।
पत्रमार्फत प्रमुख सचेतक बर्तौलाले राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनैतिक स्थायित्व प्रदान गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएको उल्लेख गरेका छन्। यसैका लागि प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गरिएको उनले बताएका छन्।
प्रमुख सचेतक बर्तौलाले एमाले सदनमा प्रतिपक्षमा रहने पनि पत्रमार्फत जानकारी गराएका छन्।
कांग्रेस-एमालेबीच नयाँ गठबन्धनको सहमति भएपछि एमालेका मन्त्रीहरुले असार १९ गते नै राजीनामा दिएर सरकार छोडिसकेका छन्।
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया