बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री डा. मुकुल ढकालले पुराना दलकाे स्थानमा रास्वपा बसेपनि जनताकाे जीवनमा परिवर्तन नआउने बताएका छन्।
३८ जिल्लाका २०७९ नेता/कार्यकर्तालाई भेटेर तयार पारेकाे प्रतिवेदनमा ढकालले कुर्सीमा राजाकाे ठाउँमा राष्ट्रपति बसेजस्तै रास्वपा पुरानाकाे ठाउँमा बस्ने तर जनताकाे जीवनमा परिवर्तन नआउने बताएका हुन्।
‘मुलुकमा गणतन्त्र आएपछि राजाकाे ठाउँमा राष्ट्रपति बसे। राजाकै प्रचलन राष्ट्रपतिमा दाेहाेरियाे। नयाँ आउँदा ठ्याक्कै नयाँ नगर्ने हाे भने गणतन्त्रकाे हाल हुन्छ’, ढकालकाे प्रतिवेदनमा उल्लेख छ, ‘पुरानाकाे ठाउँमा रास्वपा बस्ला तर जनताकाे जीवनमा कुनै परिवर्तन आउने छैन।’
उनले २०४७ साल यता मुलुकमा जति राजनीतिक दल चाहिएकाे छ, त्याे भन्दा धेरै राजनीतिक दल भएकाले राजनीति कम काम धेरै गर्ने एजेण्डासहित नयाँ प्रकारकाे राजनीतिक दल स्थापनाकाे उद्देश्यले रास्वपा स्थापना गरेकाे भएपनि पुरानालाई सच्चाउँदै जानुकाे सट्टा उल्टाे रास्वपा नै बिग्रँदै गएकाे त छैन भन्ने प्रश्न खडा भएकाे बताए।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया