बिएल संवाददाता
आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले नेपाली कांग्रेस र नेकपा एमालेले दलीय सिण्डिकेट लागू गर्न खोजेको आराेप लगाएका छन्।
अध्यक्ष साहले बिहीबार विज्ञप्ति जारी गर्दै देशकै दुई ठूला दल मिलेर सरकार चलाउनु र संविधान संशोधनको विषय अघि ल्याउनुले लोकतन्त्रमाथि कालो बादल मडारिएको बताए।
उनले देशमा लोकतन्त्रको ठाउँमा दलतन्त्र हाबी भएको उल्लेख गर्दै अहिले त देशमा अधिनायकवादी चरित्र हाबी हुँदै दुई दलीय सिण्डिकेट लाद्न खोजिएको आराेप लगाए।
यसैगरी अध्यक्ष साहले आईटी आर्मीद्वारा जारी आन्दोलन स्थगित गर्न निर्देशन दिएका छन्।
वैदेशिक रोजगारका पीडितलाई न्याय दिनुपर्ने लगायतका माग गर्दै आईटी आर्मीले विगत १९ दिनदेखि विभाग घेर्दै आएको थियो।
पछिल्लो समय नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर नयाँ सरकार बनाउने र संविधान संशोधन गर्नेलगायतका विषयमा सहमति गरिसकेपछि विकसित राजनीतिक परिस्थितिको मूल्यांकन गर्दै आजपा अध्यक्ष साहले आइटी आर्मीलाई आन्दोलन तत्कालका लागि स्थगन गर्न निर्देशन दिएका हुन्।
साहको निर्देशनपश्चात आईटी आर्मीले विगत १९ दिनदेखि काठमाडौँको ताहाचल स्थित वैदेशिक रोजगार विभाग घेराउ तथा धर्ना कार्यक्रम आजैदेखि स्थगित गरेको छ।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया