बिएल संवाददाता
नेपाली कांग्रेसले पार्टीका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्म जयन्तीको अवसरमा गरेको ऐतिहासिक फोटो प्रदर्शनीकाे नेताहरूले अवलोकन गरेका छन्।
कांग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागको आयोजनामा मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा ‘क्रान्ति देखि शान्तिसम्म’ नाम दिइएकाे ऐतिहासिक फोटो प्रदर्शनीकाे नेताहरूले अवलोकन गरेका हुन्।
फोटो प्रदर्शनीको पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गरे। साे अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सानेपा पुगेर फोटो प्रदर्शनीको अवलोकन गरेका छन्।
त्यसैगरी पूर्वप्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदर्शनीकाे अवलोकन गरेका छन्।

कांग्रेसले एमालेसँग मिलेर नयाँ गठबन्धन बनाउने सहमति गरेको अर्को दिन प्रचण्ड र ओली सानेपा पुगेका हुन्। उनीहरूलाई कांग्रेस सभापति शेरबहादुर देउवासहित पदाधिकारीहरुले स्वागत गरेका थिए।
फोटो प्रदर्शनीमा क्रान्तिदेखि शान्तिसम्मको विभिन्न कालखण्डमा गिरिजाप्रसाद कोइरालाको भूमिकालाई राखिएको छ।
फोटो प्रदर्शनीको अलावा क्रान्तिदेखि शान्तिसम्म विषयमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौला, नेकपा(एमाले)का नेता प्रदीपकुमार ज्ञवालीलगायत नेताहरू विचार राख्न सानेपा पुगेका छन्।

देशैभरि गड्गडाइरहेको ‘गगन’
माओवादीको ‘तप्कनी’बाट उम्रिएका अमर
देउवाजी बसिगया अब नैनसिंहजीको पालो...
चुनावले संसद त दिने भो, तर त्यो संसदले सरकारचाँहि दिन्छ कसरी ?
राजनीतिको राजमार्गमा झुल्किन खोजेका ‘किरण’
यस्तो छ चुनावी इपिसेन्टर झापा-५ र सर्लाही-४ को पछिल्लो स्थिति
के भैरहेछ अमेरिकाको नेपाली डायस्पोरामा ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया