बिएल संवाददाता
नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लक्षित टिप्पणी गरेका छन्।
नेपाली कांग्रेस र नेकपा एमालेबीचकाे सहमतिपछि मंगलबार सामाजिक सञ्जालमार्फत प्रचण्डलाई लक्षित गर्दै सबैलाई सधैँभरी ठग्न नसकिने टिप्पणी गरेका हुन्।
'केहीलाई सधैँभरी ठग्न सकिन्छ, सबैलाई केहीबेर ठग्न सकिन्छ तर सबैलाई सधैंभरी ठग्न सकिन्न। सन्दर्भ बुझौं!’, उनले लेखेका छन्।
आफ्नो निर्वाचन क्षेत्र गोरखा प्रचण्डका लागि छोडेका डा. भट्टराई पछिल्लो समय उनीसँग असन्तुष्ट छन्। उनले पछिल्ला दिनहरुमा प्रचण्डको आलोचना गर्दै आएका छन्।
सोमबार मध्यरातमा काँग्रेस र एमाले मिलेर सरकार बनाउने सहमित भएको छ। सहमति पत्रमा काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीले हस्ताक्षर गरेका छन्।
यससँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको सरकार ढल्ने भएको छ। आज मंगलबार एमालेबाट सरकारमा सहभागी भएका मन्त्रीहरूले राजीनामा दिने तयारी गरेका छन्।
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया