बिएल संवाददाता
नेपाली काँग्रेस र नेकपा एमाले एक ठाउँ भएर सत्तायात्रा गर्ने सहमतिपछि काठमाडौँ महानगरका मेयर बालेन साहले सामाजिक सञ्जालमा ब्यङ्ग्य गरेका छन्।
दुई पार्टी एकै ठाउँ हुनुलाई उनले काले–काले मिलेर खाऊ भाले भन्दै ब्यङ्ग्य गरेका हुन्। बालेनले दुई नेताहरूले चिया खाएको तस्बिरसहित लेखेको स्टाटसमा थप भनेका छन्– ‘समय गिरिबन्धु चियाको हो।’
गिरिबन्धु टी–स्टेट घोटला प्रकरणमा एमाले अध्यक्ष ओली जोडिएको भन्दै उनीमाथि छानबिन हुनुपर्ने माग उठिरहेको छ। सोही विषयलाई लिएर बालेनले यस्तो स्टाटस पोस्ट्याएका हुन्।
उनले यसअघि पनि ओली लक्षित स्टाटस लेख्दै आएका छन्।
सोमबार मध्यरातमा काँग्रेस र एमाले मिलेर सरकार बनाउने सहमित भएको छ। सहमति पत्रमा काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीले हस्ताक्षर गरेका छन्।
यससँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको सरकार ढल्ने भएको छ। आज मंगलबार एमालेबाट सरकारमा सहभागी भएका मन्त्रीहरूले राजीनामा दिने तयारी गरेका छन्।
साथै सत्ता परिवर्तनका लागि सहमतिसँग दलहरूले आन्तरिक छलफलका लागि बैठक आह्वान गरेका छन्।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया