बिएल संवाददाता
सुदूरपश्चिम प्रदेशमा भागबन्डा मिलाउन मन्त्रालय फुटाइएकाे छ।
मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिन ४ वटा मन्त्रालय फुटाएका हुन्।
उनले भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय फुटाएर मन्त्रीहरूलाई जिम्मेवारी ताेकेका हुन्।
भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाएर जलस्रोत तथा सहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय बनाइएको छ।
जसमा जलस्रोत तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी नेकपा (माओवादी केन्द्र)का अक्कलबहादुर रावललाई जिम्मेवारी दिइएको छ भने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी नागरिक उन्मुक्तिका कैलाश चौधरीलाई तोकिएको छ।
यसैगरी सामाजिक विकास मन्त्रालय फुटाएर शिक्षा युवा तथा खेलकुद र स्वास्थ्य महिला तथा बालबालिका मन्त्रालय बनाइएको छ।
जसअन्तर्गत शिक्षा युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी माओवादी केन्द्रकै लक्ष्मी विकलाई दिइएको छ भने माओवादीकै ओमविक्रम भाटलाई स्वास्थ्य महिला तथा बालबालिका मन्त्रालय तोकिएको छ।
यस्तै उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी विकास मन्त्रालयलाई फुटाएर वन, वातावरण तथा सहकारी मन्त्रालय, कृषि तथा भूमि सुधार र उद्योग वाणिज्य पर्यटन तथा संस्कृति मन्त्रालय बनाइएको छ।
जसमा एमालेका वीरबहादुर थापालाई वन, वातावरण तथा सहकारी मन्त्रालय, नेकपा (एकीकृत समाजवादी)की माया पन्तलाई उद्योग वाणिज्य पर्यटन तथा संस्कृति मन्त्रालयमा जिम्मेवारी दिइएको छ भने नागरिक उन्मुक्तिकी टीका थापालाई कृषि तथा भूमि सुधार मन्त्रालयको जिम्मेवारी तोकिएको छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया