बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण साेधेकाे छ।
‘समीक्षा यात्रा’ प्रतिवेदनका सन्दर्भमा दिएकाे सार्वजनिक अभिव्यक्तिलाई लिएर रास्वपाकाे अनुशासन आयाेगले शुक्रबार ढकाललाई स्पष्टीकरण साेधेकाे हाे।
महमन्त्री ढकालले आफूलाई पत्रमार्फत स्पष्टीकरण साेधिएकाे बताए। यद्यपि, पत्रमा के-के कुरा उल्लेख गरिएकाे छ भन्नेबारे खुलाएकाे छैनन्।
ढकालले एक महिने समीक्षा यात्रा गरेर तयार पारेकाे प्रतिवेदन सभापति रवि लामिछानेलाई बुझाएका छन्। रास्वपाकाे जनमत नभएकाे, यदि रास्वपा यही अवस्थामा अगाडि बढेमा आगामी निर्वाचनमा १-२ सिट पनि जित्न मुस्किल हुने, काठमाडाैँ महानगरपालिका मेयर बालेन्द्र साहसँग सहकार्य गर्नु उचित हुने सुझाव प्रतिवेदनमा उल्लेख गरेकाे महामन्त्री ढकालले सञ्चार माध्यमहरुलाई बताउँदै आएका छन्।
रास्वपाले महामन्त्री ढकालबाट प्राप्त प्रतिवेदन भने अहिलेसम्म औपचारिकरुपमा सार्वजनिक गरेकाे भने छैन।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया