बिएल संवाददाता
नेपाली काँग्रेस सांसद प्रदीप पाैडेलले राजदूत नियुक्ति दलीय आधारमा भएकाे भन्दै असन्तुष्टि जनाएका छन्।
मंगलबार बसेकाे प्रतिनिधिसभाकाे बैठकमा बाेल्दै सांसद पाैडेलले राजदूत दलकाे हुन्छ कि देशकाे भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रश्न गरे।
‘प्रधानमन्त्रीज्यू राजदूत दलकाे हुन्छ कि देशकाे? अहिले हेर्दाचाहिँ राजदूत दलकाे हुने जस्ताे देखिएकाे छ। याे अझ मेराे दलकाे काेटाअन्तर्गत राजदूत बन्न काेही चाहनुहुन्छ भने आइदिनुस् भनेर विज्ञाप भइरहेकाे स्थिति छ। त्यही विज्ञाप परराष्ट्र मन्त्रालयले गर्दा राम्राे हुँदैन र?’ उनले भने।
सांसद पाैडेलले सरकार बनाउँदा पाटनरहरू फेरिने र पाटनरहरू फेरिँदा राजदूत पनि फेरिने प्रवृतिले देशलाई आर्थिक भार पर्ने बताए।
‘प्रधानमन्त्रीज्यू सरकार बनाउँदा पाटनरहरू फेरिने अनि पाटनरहरू फेरिँदा राजदूत पनि फेरिने हाे भने त्याे आर्थिक भार देशले थेग्न सक्छ?’ उनले प्रश्न गरे, अनि हाम्राे कूटनीति बलियाे हुन सक्छ? तपाईंकै पालामा राजदूत भएर गएका शंकर शर्मा काँग्रेस थिए, श्रीधर काँग्रेस थिए? अहिले तपाईंले अहिले पठाउनुभएका सबै एमाले हुन्?’
पाैडेलले थपे, ‘राजदूत पठाउँदा दलीय भागबण्डाका आधारमा पठाउने हाे भने जुन देशमा पठाउँछ, त्याे देशकाे अधिकारीले हाम्राे राजदूतलाई कसरी हेर्छ? हाम्राे कूटनीति क्षेत्र एकदमै कमजाेर भएकाे कारणले हामीले वैदेशिक ऋण ल्याउन सकेका छैनाैँ। वैदेशिक अनुदान ल्याउन सकेका छैनाैँ। विदेशी पर्यटकहरूलाई नेपालभित्र्याउन सकेका छैनाैँ।’
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया