बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी स्थापनाको दुई वर्षमै आफूहरू हल्ला नै नगरी सिंहदरबार पसेको बताएका छन्।
उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेले शुक्रबार पार्टी स्थापना दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत २१ सांसदले एक वर्षमा सिङ्गो सदनको ध्यान तानेकाे र ४ मन्त्रीले सिङ्गो देशको ध्यान तानेकाे बताए।
‘सम्झ्नुस् त, देश तथा विदेशका टोल टोल वस्ती वस्तीका आम मान्छेको आवाज बोल्दा बोल्दै त्यो आवजलाई ‘घण्टी’ मा रुपान्तरण गरेर २ वर्षमा हामी हल्ला नै नगरी सिंहदरबार पसिसक्यौँ २१ सांसदले एक वर्षमा सिङ्गो सदनको ध्यान तान्यौँ, ४ मन्त्रीले सिङ्गो देशको ध्यान तान्दैछौँ’, उनले भनेका छन्।
आफूहरू आफ्नो यात्रामा अविचलित भएकाे बताउँदै लामिछानेले भने, ‘२ वर्षअघि हामीलाई विश्लेषण गर्न त परको कुरा, अस्तित्वमा समेत नरहने ठोकुवा गर्ने कयौं विश्लेषकहरु आज ‘रास्वपा खस्कँदो छ’ भन्ने विश्लेषण वाला आर्टिकलको ड्राफ्ट लेख्दै होलान्, कोहि टक शो मा बोल्न घाँटी र टाइ मिलाउँदै होलान्। तर हामी हाम्रो यात्रामा अविचलित छौँ।’
सभापति लामिछानेले शुभचिन्तकहरुको आशा र अपेक्षासहितका अग्ला अग्ला पहाडहरु काँधमा बोकेर भिरको बाटोमा सिस्नु समाउँदै हिँडिरहेकाे समेत बताए।
‘रास्वपा जन्मिएको २ वर्ष भयो। हामी हाम्रो उदेश्यमा अडिग छौं,गन्तव्यमा स्पष्ट छौं। कुरा बाटोको हो। बाटोमा त कहिले पहिरो जान्छ, कहिले ढुङा खस्छ। आम नागरिक एवं रास्वपा परिवारका तमाम सदस्य शुभचिन्तकहरुको आशा र अपेक्षासहितका अग्ला अग्ला पहाडहरु काँधमा बोकेर हामी अहिले भिरको बाटोमा सिस्नु समाउदै हिडिरहेका छौं’, उनले लेखेका छन्।
वैचारिक स्पष्टतासँगै राजनीतिक परिपक्वता हासिल गर्दै आफूहरूले यो यात्रा सम्पन्न गर्ने लामिछानेकाे दाबी छ।
घण्टी सिंहदरबार पसिसकेकाेले बाँकी काम आफूहरूले गर्ने बताउँदै उनले शुभचिन्तकहरुलाई चिन्ता नलिन आग्रह गरेका छन्।
‘साथीहरू,घण्टी सिंहदरबार पस्यो,यो देशको मतपत्रमा सदाका लागि घण्टी चुनाव चिन्ह बस्यो। बाँकी काम हामी गर्छौ,तपाईंहरु न चिन्ता लिनुस्, न पिर गर्नुस्’, सभापति लामिछानेले भनेका छन्।
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया