बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज आफ्नो दोस्रो स्थापना दिवस मनाउँदैछ।
स्थापना दिवसको अवसरमा रास्वपाले बालाजुस्थित पार्टी कार्यालयमा चियापान कार्यक्रम गर्दैछ।
पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा दिउँसो १ देखि साँझ ५ बजेसम्म चियापान कार्यक्रम आयोजना गरिएको रास्वपाका महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले जानकारी दिएका छन्।
चियापान कार्यक्रममा सबै राजनीतिक दलका शीर्ष नेताहरुलाई निमन्त्रणा गरिएको छ।
कार्यक्रममा रास्वपाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहित पूर्वप्रधानमन्त्री, कुटनीतिक नियोगका प्रतिनिधि लगायतलाई विशिष्ट व्यक्तिहरुलाई आमन्त्रण गरेको जनाएको छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया