
बिएल संवाददाता
नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किएको विषय संसदमा उठाएका छन्।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद खतिवडाले पूर्वराष्ट्रपति भण्डारीले एमालेको सदस्यता नविकरण गरेको भन्दै उनले राज्यबाट पाउने सुविधाबारे सरकारसँग जवाफ माग गरेका छन्।
‘पूर्वराष्ट्रपतिले एउटा कुनै पार्टीको सदस्यता नवीकरण गरेको समाचार सुन्नमा आयो। पार्टीको सदस्य नवीकरण गरेको हो भने पूर्वराष्ट्रपतिका हैसियतमा सुविधा लिन मिल्छ/मिल्दैन? राज्यले त्योबारे के सोचेको छ, सरकारले त्यसकाे जवाफ दिओस्। संविधानमा के व्यवस्था छ, त्याे सरकारले जवाफ दिओस्', उनले भने।
पूर्वराष्ट्रपति भण्डारीले नेकपा एमालेको सदस्यता नवीकरण गरेको चर्चा केही दिनयता सामाजिक सञ्जाल र मिडियामा चलिरहेको अवस्थामा सांसद खतिवडाले संसदमा प्रश्न उठाएका हुन्।
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया