बिएल संवाददाता
नेपाली काँग्रेसले राष्ट्रपति र प्रधानमन्त्री विदेश भ्रमणबारे संसदलाई जानकारी गराउन माग गरेकाे छ।
साेमबार बसेकाे प्रतिनिधिसभाकाे बैठकमा बाेल्दै काँग्रेस सांसद प्रदीप पाैडेलले राष्ट्रपति रामचन्द्र पौडेलकाे जर्मन भ्रमण र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ काे भारत भ्रमणबारे संसदलाई जानकारी गराउनुपर्ने बताएका हुन्।
उनले राष्ट्राध्यक्ष र सरकार प्रमुखले गर्ने विदेश भ्रमणका बारेमा संसदलाई जानकारी गराउने परम्परालाई अन्त्य नगर्न सुझाव दिए।
‘अहिले सम्माननीय राष्ट्रपति जर्मनकाे भ्रमणमा हुनुहुन्छ। केही समयअगाडि सम्माननीय प्रधानमन्त्रीज्यू भारत भ्रमण सकेर स्वदेश फर्किनुभयाे। उहाँ फर्किएपछि संसदकाे बैठक ६ पटक बसिसक्याे। तर यी दुबै भ्रमणकाे बारेमा औपचारिक रूपमा संसदलाई जानकारी गराइएकाे छैन। राष्ट्राध्यक्ष र सरकार प्रमुखले गर्ने विदेश भ्रमणका बारेमा संसदलाई जानकारी गराउने परम्परालाई अन्त्य नगरियाेस्’, सांसद पाैडेलले भने।
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया