बिएल संवाददाता
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बजेटबारे फेरि असन्तुष्टि व्यक्त गरेका छन्।
शनिबार बसेको संसदीय दलको बैठकमा सम्बोधन गर्दै ओलीले उनले बजेटबारे असन्तुष्टि जनाउँदै बजेटबारे खुला छलफल गर्न सांसदहरुलाई निर्देशन दिए।
‘यो बजेटमा एक-दुई जनाको मुख हेरेर, अनि हामी सरकारमा छौं भन्दैमा अनि गरीबतिर देश गएपनि के भयो र? हामी सरकारमा छँदैछौँ भनेर हुन्छ? त्यही चिज हुँदैन भने अनि सन्तोष कसरी मान्ने? हामीले नै चलाइरहेको मन्त्रालयको कस्तो छ स्थिति? त्यसमा कस्तो छ बजेटको विनियोजन? त्यो पनि अलिकति हेर्नुपर्ने हुन्छ’, उनले भने।
उनले आफूहरु स्वार्थको थैलो भर्नको लागि सत्तामा नभएको पनि जिकिर गरे। उनले अर्को प्रसंगमा प्रतिक्रियावादीहरुले पार्टीको बारेमा नयाँ-नयाँ हमला गरेको र अकल्पनीय कुरा सिर्जना गरेको आरोप लगाए। उनले भने,‘आज विहानमात्रै मैले एउटा मिडियामा देखेको थिएँ, केपी ओलीले पाँच अर्ब खाइसक्यो, निलिसक्यो कि मुखमा मात्रै हाल्या छ कि? तर, पाँच अर्ब केपी ओलीले खायो, खाने भयो भनेर।’
ओलीले भ्रमको जालो फिजाएर एमालेप्रतिको विश्वास कसरी हटाउन सकिन्छ भनेर एकथरि लागिरहेको बताए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया