बिएल संवाददाता
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घ र प्रदेशमा सदस्य घटाउनुपर्ने बताएका छन्। साथै उनले मुलुकमा उपलब्ध स्रोत र साधनले मौजुदा संसद् र प्रदेशसभा सदस्यलाई थेग्न नसक्ने बताए।
नेपाली कांग्रेस नागार्जुन नगर कार्यसमितिले गरिबीविरुद्ध एकीकृत सहयोग नेपाल नामको संस्थासँगको सहकार्यमा आज यहाँ आयोजना गरेको ‘कार्यकर्ता प्रशिक्षण कार्यक्रम’मा उनले संविधान संशोधन गरेर केन्द्र र प्रदेशमा सांसदको सङ्ख्या घटाउनुपर्ने बताएका हुन्।
महामन्त्री थापाले सङ्घीय सरकारमा १० देखि १२ जनामात्र मन्त्री बनाउनुपर्ने विचार व्यक्त गरे। उनले केन्द्रजस्तै प्रदेशमा पनि मन्त्रीको सङ्ख्या घटाउनुपर्ने बताए। पूर्वमन्त्री थापाले प्रदेशको निर्वाचन प्रणाली पनि परिवर्तन गर्नुपर्ने धारणा व्यक्त गरे। उनले प्रदेशको निर्वाचन प्रणालीका कारण कतिपय प्रदेशलाई अदालतले निर्णय गर्नुपर्ने अवस्था सिर्जना गरेको उल्लेख गरे।
उनले संविधान संशोधनलगायत विषयमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)सँग कांग्रेसले छलफल गरे पनि सरकार परिवर्तनका निम्ति कसैसँग छलफल नगरेको स्पष्ट पारे।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया