बिएल संवाददाता
नेकपा (एमाले)का सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ काे भारत भ्रमणबारे संसद्लाई जानकारी गराउनुपर्ने माग गरेका छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकको आकस्मिक समयमा उनले प्रधानमन्त्री प्रचण्डले संसद्लाई आजै सम्बोधन गरेर भारत भ्रमणबारे जानकारी गराउनुपर्ने माग गरेका हुन्।
सांसद पन्तले, ‘भारत भ्रमणमा केके भयो? नेपाल–भारतबीचको समस्याबारे केके ठोस कुरा भयो? यो संसद्को विशेषाधिकार हो। यो संसद्ले जानकारी पाउनुपर्छ। सभामुखले स्पष्ट रुलिङ गर्नुपर्छ।’
प्रधानमन्त्री प्रचण्ड हालै भारती प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा गएर आएको र भारतसँग सबै सम्बन्ध राम्रो छ भनेका सन्दर्भमा नेता पन्तले सीमा समस्या यथावत रहेको बताए।
सांसद पन्तले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई चलायमान बनाउन सदस्य राष्ट्र सबै लाग्नुपर्नेमा जोड दिएका छन्।
उनले सार्क सङ्गठन लथालिङ्ग भएको उल्लेख गर्दै यसका महत्वपूर्ण निकाय र संरचनालाई प्रभावकारी बनाउन सार्क सङ्गठनको अध्यक्षका हैसियतले नेपाल सरकारले सक्रियता बढाउनुपर्ने धारणा व्यक्त गरे।
उनले भने, ‘सार्क विश्वद्यालय नयाँदिल्ली छ, सार्क सचिवालय नेपालमा छ। नेपालले अध्यक्षता गरिरहेको अवस्थामा नेपालले अघि बढ्नुपर्छ। कुनै विवाद आएको अवस्थामा नेपालले हामी सम्मेलन गर्न सक्छौँ भन्न सक्नुपर्छ।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया