बिएल संवाददाता
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले मन्त्रिपरिषद् विस्तार गरेका छन्।
मुख्यमन्त्री सोडारीले सत्ता गठबन्धनमा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई सरकारमा सामेल गराउँदै मन्त्रिपरिषद्को विस्तार गरेका हुन्।
सोडारीले एमालेका सुरेन्द्रबहादुर पाललाई आर्थिक मामिला मन्त्रालयको जिम्मवारी दिएका छन् भने वीरबहादुर थापा र हिरा सार्कीलाई विनाविभागीय मन्त्री बनाएका छन्।
त्यस्तै माओवादी केन्द्रका ओमविक्रम भाटलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् भने अक्कल बहादुर रावल र लक्ष्मी विकलाई विनाविभागीय मन्त्रालयको जिम्मेवारी दिएका छन्।
त्यस्तै स्वतन्त्र प्रदेशसभा सदस्य डाक्टर ताराप्रसाद जोशीलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नियुक्त गरेका छन् भने नेकपा एकीकृत समाजवादीकी माया पन्त विनाविभागीय मन्त्री बनेकी छन्।
नवनियुक्त मन्त्रीको आजै साँझ शपथ ग्रहण हुने भएको छ। मुख्यमन्त्री सोडारीले यसअघि नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास र टीका थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री नियुक्त गरेका थिए।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया