बिएल संवाददाता
नेकपा एमालेका सचिव योगेश भट्टराईले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले संयमता गुमाएको आरोप लगाएका छन्।
प्रतिनिधिसभाको मंगलबारकाे बैठकमा सम्बोधन गर्दै एमाले नेता भट्टराईले बालेनलाई संयमता गुमाएर धेरै उत्ताउलो नहुन चेतावनी दिए।
‘निर्वाचित भएलगत्तै ओलीले बालेनलाई तबेला दिनुभएको थियो। किन ड्रम बजाउन दिनुभएन, तबेलाको धुनअनुसार काम गर्नुस् भन्नका लागि हो, तबेला भनेको संयमता हो। बालेनले संयमता गुमाउँदै जानुभएको छ,’ भट्टराईले भने।
उनले नेताहरु जेल बसेको विषयलाई मजाकको विषय बनाएको आरोप लगाए।
‘नेताहरू जेल बसेको कुरालाई तपाईंले मजाक बनाउनुभयो, हामीलाई दुख लागेकाे छ। तिनै नेताहरू जेल बसे, चाहे केपी ओली, शेरबहादुर देउवा, प्रचण्डजी, माधव नेपालजी हाेस्, चाहे अशोक राईजी, उपेन्द्र यादव, महन्थ ठाकुर जो अग्र भागमा आज यो संसदमा हुनुहुन्छ, उहाँहरुले नै जेल बसेर, अनि उहाँहरुका उत्ताराधिकारी हामी लोकतान्त्रिक आन्दोलनमा लागेर यो व्यवस्था ल्याएका हौँ। त्यसवापत आज काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) तपाईं हुनुभएको छ। अनि ती नेताहरुको जेल बसाइलाई तपाईले आज मजाक उढाउने?’, उनले भने।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया