बिएल संवाददाता
नेकपा एमालेका सचिव योगेश भट्टराईले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले संयमता गुमाएको आरोप लगाएका छन्।
प्रतिनिधिसभाको मंगलबारकाे बैठकमा सम्बोधन गर्दै एमाले नेता भट्टराईले बालेनलाई संयमता गुमाएर धेरै उत्ताउलो नहुन चेतावनी दिए।
‘निर्वाचित भएलगत्तै ओलीले बालेनलाई तबेला दिनुभएको थियो। किन ड्रम बजाउन दिनुभएन, तबेलाको धुनअनुसार काम गर्नुस् भन्नका लागि हो, तबेला भनेको संयमता हो। बालेनले संयमता गुमाउँदै जानुभएको छ,’ भट्टराईले भने।
उनले नेताहरु जेल बसेको विषयलाई मजाकको विषय बनाएको आरोप लगाए।
‘नेताहरू जेल बसेको कुरालाई तपाईंले मजाक बनाउनुभयो, हामीलाई दुख लागेकाे छ। तिनै नेताहरू जेल बसे, चाहे केपी ओली, शेरबहादुर देउवा, प्रचण्डजी, माधव नेपालजी हाेस्, चाहे अशोक राईजी, उपेन्द्र यादव, महन्थ ठाकुर जो अग्र भागमा आज यो संसदमा हुनुहुन्छ, उहाँहरुले नै जेल बसेर, अनि उहाँहरुका उत्ताराधिकारी हामी लोकतान्त्रिक आन्दोलनमा लागेर यो व्यवस्था ल्याएका हौँ। त्यसवापत आज काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) तपाईं हुनुभएको छ। अनि ती नेताहरुको जेल बसाइलाई तपाईले आज मजाक उढाउने?’, उनले भने।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया