बिएल संवाददाता
करिब डेढ महिनासम्म सात चरणमा भएको भारतको लोकसभा चुनावको अन्तिम परिणाम आज घोषणा हुँदैछ। मतदानका लागि इलेक्ट्रिक मेसिनहरू प्रयोग गरिएका थिए।
मंगलबार बिहानैदेखि निर्वाचन आयोगले मत गन्न सुरु गरेको छ। नतिजा आजै घोषणा हुनेछ।
गत १९ अप्रिलदेखि जुन १ सम्म सात चरणमा मतदान भएको थियो। ५४३ सिटमा भएको निर्वाचनमा बहुमतका लागि अर्थात सरकार बनाउनका लागि २७२ सिट चाहिन्छ।
प्रारम्भिक मत गणनामा बिजेपी नेतृत्वको एनडिए गठबन्धन र भारतीय राष्ट्रिय कंग्रेस नेतृत्वको इन्डिया गठबन्धनबीच कतिपय स्थानमा टक्कर परिरहेको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वाराणसीबाट चुनाव लडेका थिए। सुरुवातमा पछि परेका मोदी अहिले भने मत परिणाममा अघि अघि छन्। बिजेपीको निर्णायक सिट रहेको उत्तर प्रदेशमा पनि दुबैबीच कडा टक्कर छ।
कंग्रेसका राहुल गान्धी दुई ठाउँबाट चुनाव लडेका थिए। उनी दुबै स्थानमा ठूलै मतान्तरले अघि बढिरहेका छन्। उनले उत्तर प्रदेशको रायबरेली र केरल राज्यको वायानाडबाट पनि उम्मेदवारी दिएका थिए। दुबै सिटमा अहिले राहुल अघि छन्।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया