बिएल संवाददाता
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आज दिउँसाे ४ बजे बस्ने प्रतिनिधिसभा बैठकबाट सहकारी ठगी अनुसन्धानसम्बन्धी संसदीय छानबिन समिति पारित हुने बताएकाे छ।
मंगलबार बिहान नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बसेकाे संसदीय दलकाे बैठकपछि बाेल्दै नेपाली काँग्रेसका सचेतक रमेश लेखकले कार्यादेश बनाउने विषयमा सबै सहमति भइसकेकाेले ४ बजे बस्ने प्रतिनिधिसभा बैठकबाट समिति पारित हुने बताए।
कार्यादेश विषयमा सबै कुरा स्पष्ट भइसकेकाे र अब अन्तिम रुप दिने तयारी भइरहेकाे उनकाे भनाइ छ।
काँग्रेसले छानबिन समितिमा बस्ने सदस्यहरुकाे नाम दिउँसाे ३ बजेसम्म संसद सचिवालयलाई उपलब्ध गराउने उनकाे भनाइ छ।
‘४ बजेकाे प्रतिनिधिसभाकाे बैठकमा कार्यादेशसहितकाे त्याे सहमति बैठकबाट पारित हुने गरेर प्रस्तुत हुन्छ। र, हामी हाम्राे तर्फबाट समितिमा बस्ने माननीय सदस्यकाे नाम ३ बजेसम्ममा संसदकाे सचिवालयलाई दिइसक्छाैँ’, लेखकले भने।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया