बिएल संवाददाता
सहकारी ठगी प्रकरणकाे अनुसन्धान गर्न बनाउने भनिएकाे संसदीय छानबिन समिति आज (मंगलबार) बन्ने भएकाे छ।
साेमबार राति प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा सम्पन्न दलहरुकाे बैठकले ७ सदस्यीय छानबिन समिति बनाउने निर्णय गरेकाे थियाे।
साेहीअनुसार कार्यादेशलाई अन्तिम रुप दिन आज बिहान ११ बजे सिंहदरबारस्थित कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा कार्यदलकाे बैठक बस्दैछ।
बैठकपछि सहकारी ठगी प्रकरणकाे अनुसन्धानका लागि औँपचारिक रुपमा संसदीय छानबिन समिति बन्नेछ। छानबिन समितिमा पाँच दलका ७ सदस्य रहने तय भएकाे छ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाउनु पर्ने माग राख्दै निरन्तर संसद अवराेध गर्नुका साथै सडक केन्द्रित आन्दाेलन पनि गर्दै आइरहेकाे छ।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया