बिएल संवाददाता
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताहरू प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न बालुवाटार पुगेका छन्।
सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेशबारे छलफल गर्न कांग्रेसका नेताहरू बालुवाटार पुगेका हुन्।
उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक कार्यदलका सदस्यहरू ज्ञानेन्द्र बहादुर कार्की र जीवन परियार सहभागी अहिले बालुवाटार गएका छन्।
उपसभापति पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक, कार्यदलका सदस्यहरू ज्ञानेन्द्र बहादुर कार्की र जीवन परियार बालुवाटार पुगेकाे बताइएकाे छ।
यसअघि संसदीय समितिको कार्यादेशमा राखिने विकल्पको प्रस्तावबारे सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीबिच छलफल भएको थियाे।
कार्यादेशमा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्ने या नगर्ने भन्ने विषयमा विवाद रहेको छ। सत्तापक्ष नाम उल्लेख नगर्ने पक्षमा छ भने कांग्रेसले नाम उल्लेख गरेरै छानबिन गर्नुपर्ने अडान लिँदै आएको छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया