बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टीले मध्यावति निर्वाचन हुनसक्ने भन्दै पार्टीपङ्क्ति र संगठनहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ।
केन्द्रीय समितिको बैठकका निर्णयहरू सार्वजनिक गर्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले बैठकमा देशको पछिल्ला राजनीतिक घटनाक्रमहरूको विश्लेषण गरिएको र त्यसबाट ‘मध्यावधि’ हुनसक्ने निष्कर्षमा पुगिएको बताए।
‘आगामी दिनमा जुनसुकै बेला हुनसक्ने मध्यावधि निर्वाचन र स्थानीय तहकोसमेत निर्वाचनलाई ध्यानमा राखेर हामीले पार्टीका संगठन र संरचनाहरूलाई सुदृढ बनाउने निर्णय गरेका छौं’, उनले भने।
बैठकले ‘नवीन राप्रपा’को देशव्यापी अभियानलाई निरन्तरता दिने सदस्यहरूको क्रियाशीलता मूल्याङ्कन गर्ने र अर्को वर्षसम्ममा सबै जिल्ला अधिवेशनहरू गरिसक्ने निर्णय पनि गरेको छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया