बिएल संवाददाता
आम जनता पार्टी (आजपा)ले ‘वीरगञ्जलाई देशको आर्थिक राजधानी घोषणा गराउन’ बृहत भेलाको आयोजना गर्ने भएकाे छ।
आउँदो बुधबार (१६ जेठ) मा वीरगञ्जको टाउनहलमा भेलाकाे आयोजना हुन लागेकाे हाे।
आजपा जिल्ला कमिटी पर्साको आयोजनामा हुन लागेको भेला पार्टीका केन्द्रीय अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहको प्रमुख आथित्यतामा सम्पन्न हुनेछ।
भेलामा वीरगञ्ज उधोग वाणिज्य संघ, वीरगञ्जका उधोगी व्यापारी, विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधि, बारा र पर्साका जनप्रतिनिधिहरुलगायतको विशेष सहभागिता हुने आजपा केन्द्रीय कमिटीका सचिव बाबुराम कौशीकले जनाएका छन्।
देशको प्रमुख आर्थिक केन्द्र, सबैभन्दा बढी राजस्व उठने ठाउँका साथै उधोग व्यापार सबैभन्दा बढी भएको वीरगञ्जलाई देशकै आर्थिक राजधानी घोषणा गराउन सरकारलाई दबाब दिने उदेश्यले भेलाको आयोजना गरिएको आजपा मधेस प्रदेशका अध्यक्ष उमेश कुशवाहाले जनाएका छन्।
‘वीरगञ्ज देशकै आर्थिक राजधानी हो। बारा, पर्सामा सबैभन्दा बढी उधोग व्यापार हुने ठाउँ हो। सबैभन्दा बढी राजस्व वीरगञ्ज भन्सारबाटै उठने गरेको छ’ कुशवाहाले भने, ‘वीरगञ्ज देशकै आर्थिक राजधानी भएकाले यसको बिकास त्यही रुपमा हुनुपर्छ। राजस्व उठाउने तर यहाँ सरकारले लगानी नगर्ने विषय राम्रो होइन्। त्यसैले हामीले वीरगञ्जलाई देशकै आर्थिक राजधानी घोषणा गरेर यहाँ त्यही हिसाबले सरकारले लगानी गर्नुपर्छ भन्ने माग गरेको हो।’
कार्यक्रमलाई सफल पार्नका लागि आजपाले विभिन्न ठाउँमा छलफल गरिरहेको छ। विभिन्न ठाउँमा भेला, छलफल एवं कमिटी निर्माण गर्दै आजपाका नेताहरु अगाडि बढिरहेका छन्।
सोही क्रममा आज पर्साको पोखरी नगरपालिकाको वडा नं.७ मा वडा स्तरीय महिला भेला सम्पन्न भएको छ। आजपा निकटको आम महिला मोर्चाको सो भेलाबाट अध्यक्षमा शोभा देवी, उपाध्यक्षमा लक्ष्मी देवी, उमा देवी, कलावती देवी सचिवमा सुशिला देवी, सहसचिवमा शिवदुलारी पासवान रहेको ४१ सदस्यीय कमिटी गठन भएको आजपा पर्साका इन्चार्ज कदम रसुलले जनाएका छन्।
आजपा स्थायी कमिटीका सदस्य बालकृष्ण सापकोटाका अनुसार विभिन्न ठाउँमा भइरहेको भेला, छलफलहरुमा पार्टीका सचिव कौशीक, प्रदेश अध्यक्ष कुशवाहा, पर्सा सचिव विश्वराज पटेललगायतको बिशेष सहभागिता रहेको छ।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया