बिएल संवाददाता
चिलिमे जलविद्युत् आयोजनामा सुरुङभित्र फसेकाहरूको उद्धारका लागि नेपाली सेना र भारतीय सेनाको संयुक्त टोलीले प्रयास जारी राखेको छ।
शनिबार दिउँसोसम्म २५० मिटर सुरुङमध्ये १०० मिटर सुरुङमा माटो र भग्नावशेष हटाउने काम भएको नेपाली सेनाले जनाएको छ।
सुरुङ उद्धारमा हाल नेपाली सेना र भारतीय सेनाका २१ जना जनशक्ति अवरत खटिएका छन्। तर, भौगोलिक विकटता, प्रतिकूल मौसम र सडक सञ्जाल पूर्ण रूपमा विच्छेद हुँदा उद्धारका लागि आवश्यक जनशक्ति, सामग्री तथा उपकरण घटनास्थलसम्म पुर्याउन कठिनाइ भइरहेको छ।
म्यानुअल रुपमा सुरुङ खन्न कठिन भएपछि ठूलो एक्साभेटर पठाउने प्रयास थालिएको छ। जसका लागि स्याफ्रुबेँसीदेखि पावरहाउस पोर्टलसम्म पहुँच सडक निर्माणको काम शनिबारदेखि सुरु गरिएको छ।
नेपाली सेनाका अनुसार घटनास्थलमा ठूला हेलिकप्टर अवतरण गर्नसक्ने अवस्थासमेत नभएकोले साना हेलिकप्टरबाट उद्धार सामग्रीहरू प्रयास भइरहेको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया