बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत माओ मिङबीच भेटवार्ता भएको छ।
मंगलबार दिउँसो लामिछाने भेट्न उनी बुढानिलकण्ठस्थित निवासमा पुगेका थिए। भेटमा राजदूत मिङ्ले भोटेकोसी बाढीबाट भएको क्षतिबारे दु:ख व्यक्त गरेका छन्।
खोज, उद्धारदेखि पुनर्निर्माणसम्म नै नेपालको साथमा रहेको बताउदै उनले नेपाललाई जुनसुकै ढंगबाट सहयोग गर्न चीन तयार रहेको जानकारी दिए।
विपद्लगत्तै उद्धारकर्मी, डीएनए विशेषज्ञलगायत आवश्यक सबै सहयोग चीनले गरिरहेको र त्यो आवश्यकता रहेसम्म जारी रहने उनले बताए।
भेटमा सभापति लामिछानेले विपद्का समयमा चिनले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरे। नेपालको विपद जोखिम न्युनीकरण तथा व्यवस्थापनमा चिनको आर्थिक तथा प्राविधिक सहयोग महत्वपूर्ण हुने बताउदै लामिछानेले आगामी दिनमा थप सहकार्यको आग्रहसमेत गरे।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया