बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवम् सांसद ज्ञानबहादुर शाहीले सत्ता र प्रतिपक्षमा रहँदा राजनीतिक दलका आवाज एउटै हुनुपर्ने बताएका छन्।
सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आजको बैठकमा प्रतिपक्षी दलहरुको तर्फबाट धारणा राख्न अनुमति दिएपछि शाहीले सहकारीको अर्बाैँ रकम अपचलनमा जोसुकै संलग्न भए पनि कारबाही गर्नुपर्नेमा जोड दिए।
गृहमन्त्री रवि लामिछानेको बोली फेरिएको भन्दै प्रवक्ता शाहीले भने, ‘प्रतिपक्षमा बस्दा एउटा आवाज बोल्ने, सत्तामा पुगेपछि अर्कै आवाज बोल्ने गर्नु हुँदैन। त्यसैले सबैलाई समानरूपमा कानुन लागू हुनुपर्छ।’
उनले आफ्नो पार्टीका सांसद गीता बस्नेतको सहकारीको रकम अपचलनमा संलग्नता देखिएपछि कारबाही प्रक्रिया अगाडि बढ्ने तर उप्रधानमन्त्री तथा गृहमन्त्री सहकारी रकम अपचलनमा संलग्न रहेको भनिए पनि कारबाही किन नगर्ने भनी प्रश्न गरे।
सांसद शाहीले सहकारीको रकम अपचलनमा संलग्नमाथि निष्पक्ष छानबिन गर्न संसदीय समिति गठनको माग गरे। बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेको विरोध र नाराबाजी जारी छ।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया