बिएल संवाददाता
बागमतीका असन्तुष्ट नेकपा सांसदहरू पार्टी संयोजक प्रचण्डलाई भेटेपछि एमालेका मुख्यमन्त्री किरण थापा मगरलाई विश्वासको मत दिन तयार भएका छन्।
सरकार गठनबारे असन्तुष्ट रहेका सांसदहरूले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मंगलबार काठमाडौंमा भेट गरी सत्ता साझेदारी, मन्त्रालय बाँडफाँड र सरकार सञ्चालन र यसको स्थायित्वबारे छलफल गरेका हुन्।
नेकपा बागमती प्रदेश संसदीय दलका उपनेता कृष्णप्रसाद शर्मा खनाल, गंगानारायण श्रेष्ठसहितका ८ जना सांसदहरू अध्यक्ष प्रचण्ड भेट्न काठमाडौं आएका थिए। भेटमा उनीहरूले राप्रपासँग सत्ता गठबन्धन गर्नुपर्ने अवस्था किन आयो? भन्दै प्रचण्डलाई प्रश्नसमेत गरेका थिए।
उनीहरूले कम्तीमा ३ मन्त्रालय र सभामुख नेकपाले पाउनुपर्ने माग पनि राखेका छन्।
प्रचण्डले विश्वासको मत दिएपछि प्रदेशमा सत्ता साझेदारी र शक्ति बाँडफाँडबारे संयुक्त रूपमा छलफल गर्ने प्रतिबद्धता गरेपछि उनीहरू हेटौंडा फर्किएर विश्वासको मत दिन तयार भएका हुन्।
थापाका लागि सोमबार विश्वासको मत लिने प्रदेश सभा बैठक बोलाइए पनि नेकपाका सांसदहरू अनुपस्थित भएपछि बैठक स्थगित गर्नुपरेको थियो।
१०४ सदस्यीय बागमती प्रदेशसभामा मुख्यमन्त्री थापालाई विश्वासको मत प्राप्त गर्न कम्तीमा ५३ सांसदको समर्थन आवश्यक छ। राप्रपाभित्र विद्रोह गराएर मुख्यमन्त्री थापाले विश्वासको मत जुटाइसकेका छन्।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया