बिएल संवाददाता
जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि फरार रहेका पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादव जिल्ला प्रहरी कार्यालयमा हाजिर भएका छन्।
पोखरी निर्माणका क्रममा सरकारी लिखत किर्ते गरेको आरोपमा जाहेरी परेपछि प्रहरीले अनुसन्धान थालेको थियो। सोही क्रममा छाप तथा लेटर प्याड किर्ते गरी दुरूपयोग गरेको कसुरमा पक्राउ गरी अनुसन्धान गर्नुपर्ने भएपछि प्रहरीले साउन २० गते अदालतबाट पक्राउ अनुमति लिएको थियो।
पक्राउ पुर्जी जारी भएपछि फरार रहेका अध्यक्ष यादव सोमबार आफैं प्रहरी कार्यालय पुगेका हुन्। उनी २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए।
पक्राउ पुर्जीविरुद्ध उच्च अदालत तुलसीपुर बुटवल इजलासमा निषेधाज्ञाको आदेश माग्दै पुगेका यादवलाई उच्च अदालतले आफ्नै साउन २९ गतेको अन्तरिम आदेशलाई निरन्तरता दिनुनपर्ने आदेश दिएपछि उनलाई पक्राउ गर्ने बाटो खुलेको थियो।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन थापाका अनुसार सोमबार दिउँसो प्रहरी कार्यालयमा आफैं उपस्थित भएका यादवलाई अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद थपको प्रक्रिया अघि बढाइएको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया