सोमबार, २४ अगस्ट २०२६

मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

News Image
• • •

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।

प्रदेशसभामा सोमबार भएको मतदानमा मुख्यमन्त्री कार्कीको पक्षमा ५७ मत परेको हो। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका प्रदेशसभा सदस्यले उनको पक्षमा मतदान गरेका थिए।

कोशी प्रदेशसभामा नेकपा एमालेका ४० र नेपाली कम्युनिस्ट पार्टीका १७ जना प्रदेशसभा सदस्य छन्। गठबन्धनका दुवै दलका सदस्यले मुख्यमन्त्री कार्कीको पक्षमा मतदान गरेका हुन्।

मुख्यमन्त्री कार्कीको विपक्षमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्यले मतदान गरेका थिए। कांग्रेसका २९ प्रदेशसभा सदस्य रहेकामा विपक्षमा २२ मत परेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सभामुखसहित पाँच जना प्रदेशसभा सदस्यले मतदानमा भाग लिएनन्। जनता समाजवादी पार्टी (जसपा)की एक्ली प्रदेशसभा सदस्य निर्मला लिम्बु पनि बैठकमा उपस्थित भइनन्। 

९३ सदस्यीय कोशी प्रदेशसभामा एक जना प्रदेशसभा सदस्यले राजीनामा दिएपछि हाल ९२ सदस्य कायम छन्। सोमबारको बैठकमा ८३ जना प्रदेशसभा सदस्य उपस्थित थिए।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!