बिएल संवाददाता
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र शाहको निजी भ्रमणबारे संसद्मा जवाफ दिन माग गरेका छन्।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्रीको भ्रमण निजी हुन नसक्ने बताएका हुन्।
उनले भने, ‘प्रधानमन्त्रीज्यू आफ्नो निजी भ्रमणमा जानुभएको छ भन्ने आएको छ। प्रधानमन्त्री पदको निजी भ्रमण हुँदैन। यो कुरा हेक्का राख्नुपर्छ। प्रधानमन्त्री एक्लै जानुभएको हैन। उहाँसँग सरकारी सुरक्षा संयन्त्र आफैं अटोमेटिकली सक्रिय भएर जाने गर्छ। उहाँ निजी जानुभएको, मन्त्रिपरिषद्लाई, संसद्लाई सूचना नदिई जानुभएको। के खान जानुभएको? हावा थिएन भने काठमाडौंमा हावा छ। मुस्ताङमा स्याउ पनि फलेको छैन होला अहिले। के चाख्न जानुभएको हो अहिले, त्यो पनि भन्नुपर्छ। सदनमा जवाफ दिनुपर्छ।’
त्यस्तै, उनले कानुनको कमजोरीको फाइदा उठाउँदै अपराधीहरू खुलेआम हिँड्ने गरेको आरोप लगाए। नाबालिकामाथि हुने बलात्कार र हत्याका घटनाप्रति गम्भीर बन्न आग्रह गर्दै बलात्कारसम्बन्धी कानुनी व्यवस्थालाई स्पष्ट पार्नुपर्ने र दोषी प्रमाणित भएकालाई कडा सजाय दिनुपर्ने बताए।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया