बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई अनुशासनको कारबाही गरेको छ।
बिहीबार बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीको निर्देशन उल्लङ्घन गरी एमालेको सरकारमा सहभागी भएको भन्दै थापालाई प्रदेश सांसदबाट पदमुक्त गर्दै पार्टी सदस्यता समेत खारेज गर्ने निर्णय गरेको हो।
पार्टीले सोधेको १२ घण्टे स्पष्टीकरणको पनि जवाफ नदिएपछि कारबाही गरिएको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बताए।
नेता कमल थापाले भने उद्धव थापालाई कारबाही गर्न नहुने भन्दै ‘नोट अफ डिसेन्ट’ लेखेका छन्।
बैठकपछि थापाले भने, ‘पार्टीको विधानलाई लत्त्याउँदै निरङ्कुश ढङ्गबाट संसदीय दलको नेतालाई कारबाही गरिएको छ, यो हामीलाई मान्य छैन। एउटा समिति बनाएर अध्ययन गरौं भनेर आग्रह गरेका थियौं। तर पहिले नै तयारीका साथ केही साथीहरू आउनुभएको रहेछ र बागमती प्रदेश संसदीय दलको नेतालाई कारबाही जबरजस्ती गर्नुभयो ।’
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया