बिएल संवाददाता
उच्च अदालत, पाटनले आस्था मिडियाका अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ नगर्न आदेश दिएको छ।
सर्वोच्च अदालतको परमादेशपछि आफूमाथि पक्राउको धरपकड भएको जनाउँदै श्रेष्ठले दायर गरेको निषेधाज्ञा रिटमा सुनुवाई गर्दै उच्चका न्यायाधीश अच्युत कुईंकेलको एकल इजलासले निवेदनको अन्तिम टुंगो नलागेसम्म कुनैपनि खालको धरपकड नगर्न आदेश दिएको छ।
उपसभामुख रुबीकुमारी ठाकुरले प्रकाशित समाचारको विषयलाई लिएर जिल्ला प्रहरी परिसर, ललितपुरमा जाहेरी दिएपछि श्रेष्ठ हिजो उच्च अदालत पुगेका हुन्। श्रेष्ठको मागबमोजिम उच्चको एकल इजलासले आज निषेधाज्ञाको आदेश जारी गरेको हो। विपक्षीहरूको नाममा भएको आदेशमा लेखिएको छ, ‘निवेदनको अन्तिम टुंगो नलागेसम्म निवेदकलाई धरपकड गर्ने, पक्राउ गर्ने, थुनामा राख्नेलगायतका कार्य नगर्नू, नगराउनू।’
न्यायाधीश कुइकेलको इजलासमा श्रेष्ठको तर्फबाट १६ जना कानुन व्यवसायीले बहस गरेका थिए। तीमध्ये चार वरिष्ठ अधिवक्ता हुन् भने १२ अधिवक्ता। बहस गरेका वरिष्ठ अधिवक्ताहरूमा डा. युवराज संग्रौला, गोविन्दप्रसाद शर्मा बन्दी, टीकाराम भट्टराई र अमर थापा हुन्।
त्यसैगरी अधिवक्ताहरू बद्रीप्रसाद भुसाल, भुपाल बस्नेत, डा. प्रेमराज सिलवाल, चुडामणि पौडेल, टीकाबहादुर कुँवर, मुकुन्द अधिकारी, अनन्तराज लुईंटेल, रामचन्द्र (आरसी) गौतम, राजाराम घिमिरे, कृष्णकुमार आङदाम्बे, सुजाता केसी र अभास रेग्मीले पनि श्रेष्ठको तर्फबाट बहस गरेका थिए।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया