बिएल संवाददाता
गृहमन्त्री सुधन गुरुङले आफ्नो निर्वाचन क्षेत्रका मतदातालाई ‘भोट फिर्ता लैजाउ’ भनेको विषयमा जवाफ दिएका छन्।
बुधबार रास्वपा सभापति रवि लामिछानेले बोलाएको संसदीय दलको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नमा गुरुङले आफूले ‘जोक गरेको’ बताएका हुन्।
गोरखाका मतदातालाई ‘भोट फिर्ता लैजान’ भनेको विषयमा सञ्चारकर्मीको प्रश्नमा गृहमन्त्रीले भने, ‘आफ्ना मतदातासँग जोक गर्न पनि नपाउनु? जोक गरेको कुरालाई यत्रो ठुलो बनाएर काण्ड बनाउने हो?’
‘यो जोक गर्ने विषय हो?’ भन्दै सञ्चारकर्मीको प्रतिप्रश्नमा गृहमन्त्रीले भने, ‘हामी त्यहाँ भित्र भित्र गएर सल्लाह गरेको कुरा जोक हैन त? हामी आफ्नै पार्टीका मान्छे हौं त्यहाँ।’
केही दिन अगाडि गोरखाको शहीद लखन गाउँपालिका वडा नम्बर ९ का मतदातासँगको छलफलका क्रममा गृहमन्त्रीलाई प्रश्न सोध्ने व्यक्ति रास्वपा वडा सचिव खोपेन्द्र लामिछाने हुन्।
रास्वपा वडा सचिव लामिछानेले चुनावका बेला गाउँ आउँदा ल्याबका लागि बजेट छुट्याउने बाचा गरेको तर, बजेट नछुट्टिएको विषय सम्झाएपछि गृहमन्त्री गुरुङले अहिले नै कायापलट गर्न नसक्ने भन्दै बरु ‘भोट फिर्ता’ लैजान भनेका थिए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया