बिएल संवाददाता
नेपाल र भारतका प्रमुख राजनीतिक दलका नेताहरू एउटै मञ्चमा देखिने भएका छन्।
भारतको एनडीटीभीको आयोजनामा यी अगस्ट २७ मा काठमाडौंको याक एन्ड यति होटलमा आयोजना हुने कन्क्लेभमा भारत र नेपालका सत्तारुढ र प्रतिपक्षी दलका नेताहरूका साथै नेपाल सरकारका मन्त्रीहरू पनि सहभागी हुनेछन्।
कन्क्लेभमा नेपालतर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल तथा अन्तर्राष्ट्रिय मामिला संसदीय समितिकी सभापति सुम्निमा उदास सहभागी हुनेछन्।
भारततर्फबाट सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)का राष्ट्रिय उपाध्यक्ष राममाधव, भाजपा विदेश विभागका प्रमुख विजय चौथाइवाले, भाजपा राष्ट्रिय कार्यकारिणी सदस्य विनय सहस्रबुद्धे सहभागी हुनेछन्।
त्यसैगरी भारतीय राष्ट्रिय कांग्रेसका नेता शशी थरुर र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव पनि कन्क्लेभमा सहभागी हुनेछन्।
दुईद देशका प्रमुख राजनीतिक दलका नेताहरू र सरकारका मन्त्रीहरू सहभागी हुने भएकोले कन्क्लेभलाई राजनीतिक तथा कूटनीतिक सम्बन्धका दृष्टीले महत्वका साथ हेरिएको छ।
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया