बिएल संवाददाता
नेकपा एमालेले प्रदेश सभा सदस्य किरण थापालाई बागमती प्रदेश सरकारको मुख्यमन्त्री बनाउने निर्णय गरेको छ।
मंगलबार बसेको प्रदेश संसदीय दलको बैठकले थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो। यसअघि दलको नेता रहेका जगन्नाथ थपलियालाई हटाउने प्रयास भए पनि बैठकले दलको नेतामा थपलियालाई नै निरन्तरता दिने निर्णय गरेको छ।
त्यस्तै संसदीय दलका नेतामा जगन्नाथ थपलियालाई नै निरन्तरता दिने निर्णय पनि बैठकले गरेको छ।
एमाले र प्रचण्डको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच नयाँ सत्ता समीकरणको सहमति भएसँगै बागमती प्रदेशको नेतृत्व एमालेको भागमा परेको थियो।
मुख्यमन्त्री को बन्ने भन्ने विषयमा अध्यक्ष केपी ओली र शंकर–विष्णु पक्षबीच चर्को प्रतिष्पर्धा चलेको थियो। ओलीले थापालाई अघि सारेपछि शंकर र विष्णुले थपलिया नै हुनुपर्ने अडान लिएका थिए।
केही दिनअघि गुण्डु भेलामा बोलाएर ओलीले दलको नेताबाट राजीनामाको दबाब दिएपछि थपलिया बोल्दाबोल्दै ढलेका थिए। केही दिन उनी अस्पतालसमेत बसेका थिए।
गठबन्धन नै अल्पमतमा
११० सदस्यीय बागमती प्रदेशसभा हाल १०४ सांसद छन्। सरकार गठनका लागि ५३ जना सदस्यको बहुमत आवश्यक हुन्छ।
एमाले र नेकपा मिल्दा ५१ सांसद मात्रै हुन्छन्। बहुमतका लागि गठबन्धन बाहिरका साना दलको समर्थन आवश्यक हुन्छ।
बागमती प्रदेशसभामा कांग्रेस ३६ सिटसहित सबैभन्दा ठूलो दल छ। नेकपाको २६ सिट, नेकपा एमालेको उपसभामुखसहित २५ सिट छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को १२, नेपाल मजदुर किसान पार्टीको ३ र हाम्रो नेपाली पार्टीको २ सिट छ।
राप्रपाले यहाँ तटस्थ बस्ने निर्णय गरिसकेको र कांग्रेसँगको गठबन्धन सरकार भत्काएर नयाँ गठबन्धन बनेकोले एमाले–नेकपा गठबन्धनलाई नेमकिपा वा हानेपाको समर्थन अनिवार्य हुन्छ।
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया