बिएल संवाददाता
उच्च अदालत बार एशाेसिएशन पाटनको निर्वाचनमा एमाले निकट प्रगतिशील तथा पेसागत कानुन व्यवसायी समूह (पीपीएलए)का उम्मेदवार सेवन्तराज निरौला विजयी भएका छन्।
निर्वाचन समितिले जारी गरेको अन्तिम मत परिणाअनुसार पाटन बारमा सत्तारुढ दल रास्वपा र कांग्रेस निकट उम्मेदवारहरूलाई फराकिलो मतान्तरले हराउँदै बामपन्थीको प्यानल नै विजयी भएको छ।
निरौलाले ११ सय ५२ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट स्वतन्त्र व्यवसायी मञ्चका उम्मेदवार भेषराज पोखरेलले २ सय मत पनि कटाउन सकेनन्। पोखरेल १९९ मत पाएर उपविजेता बनेका छन्।
त्यस्तै नेपाली कांग्रेस निकट डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए)का उम्मेदवार देवीप्रसाद रिजालले १२२ मत प्राप्त गरेका छन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया