बिएल संवाददाता
नेपाली कांग्रेसका नेता एवं इतर पक्षको राष्ट्रिय भेलाका संयोजक डा. शशांक कोइरालाले कांग्रेस सभापतिमा दाबी गरेका छन्।
शनिबार काठमाडौंमा आयोजित संस्थापन इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै आफू पार्टी विभाजन वा नयाँ दल खोल्ने पक्षमा नरहेको बताएका हुन्।
उनले जनताको चाहनाअनुसार पार्टीलाई समयसापेक्ष परिमार्जन गर्दै लैजानुपर्नेमा जोड दिए। नेता कोइरालाले पार्टीभित्र हुनसक्ने सम्भावित विवादलाई संवादका माध्यमबाट समाधान गर्न सकिने विश्वास व्यक्त गरे।
आगामी १५ औं महाधिवेशनमा सभापतिका लागि आफू इच्छुक रहेको उनले बताए। यद्यपि डा. शेखर कोइरालाले दाबी गरेमा आफू उनलाई सघाउन तयार रहेको उनले बताए।
‘सभापति पदका लागि म इच्छुक छु तर मेरो इच्छाले मात्र हुँदैन। साथीहरूसँग परामर्श गरेर उहाँहरूको सुझावअनुसार म निर्णय गर्नेछु। नयाँ र संगठित कांग्रेसका लागि अबको मूल केन्द्रबिन्दु विकास हुनुपर्छ। नीति राम्रो भयो भने मात्र जनता आकर्षित हुन्छन्, त्यसैले हाम्रो ध्यान अब ठोस नीति र विकासमा हुनुपर्छ,’ उनले भने।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया